सलमानदेखि वरुणसम्मका यी कलाकार, जो गम्भीर रोगबाट पीडित भए

नेपालभ्युज

सलमानदेखि वरुणसम्मका यी कलाकार, जो गम्भीर रोगबाट पीडित भए

एजेन्सी। बलिउडका केही चर्चित कलाकार दुर्लभ रोगबाट पीडित भएका छन् । वरुण धवनदेखि सलमान खानसम्मका कलाकारले आफ्नो फिल्मी करिअरकै बीचमा दुर्लभ तथा गम्भीर बिमारीको सामना गर्नुपरेको छ ।

जसमध्ये केही रोग कहिल्यै निको नहुने खालका पनि छन् । आउनुहोस् जानौं क-कसले यस्तो रोगको सामना गर्नुपर्‍यो ।

सलमान खान– Trigeminal Neuralgia

बलिउडका भाइजान सलमान खान Trigeminal Neuralgia नामक रोगबाट पीडित बनेका थिए । अमेरिकन एसोसिएसन अफ न्युरोलोजिकल सर्जन्सका अनुसार यो रोग पूर्णरुपमा ठीक हुँदैन । यस्तो स्थिति हुँदा अनुहारको एकतर्फ एकदमै कडा दुखाइ वा झमझमाउने गर्छ । यस्तो दुखाइ कतिपय अवस्थामा इलेक्ट्रिक शक जस्तो खतरनाक हुन्छ ।

यामी गौतम– Keratosis Pilaris

बलिउड अभिनेत्री यामी गौतमले अघिल्लो वर्ष एउटा पोस्ट सेयर गरेर Keratosis Pilaris जस्तो दुर्लभ रोग लागेको खुलासा गरेकी थिइन् । यो रोग एकदमै कम मानिसलाई हुने गर्छ । यो छालासँग जोडिएको समस्या हो जसको कुनै उपचार छैन । यस्तो स्थितिमा छालामा काँचुली पर्ने, सुक्खा हुने वा खुट्टा तथा गालामा रातो दाग जस्तो आउने समस्या हुन्छ ।

ऋतिक रोशन– Chronic Subdural Haematoma

ऋतिक रोशनले यही रोगका कारणले ब्रेनको सर्जरीसमेत गराएका थिए । खासगरी Chronic Subdural Haematoma एक न्युरोलोजिकल स्थिति हो जसमा दिमागमा रगतको ढिक्का जम्दछ । यो एकदमै खतरनाक स्थिति हो जो आमरूपमा टाउकोमा चोट लाग्नाले हुने गर्दछ ।

वरुण धवन– Vestibular Hypofunction

वरुण धवनले फिलम ‘भेडिया’ को सुटिङको क्रममा Vestibular Hypofunction रोग भएको खुलासा गरेका थिए । खासगरी यो कानसँग जोडिएको समस्या हो जसमा कानको भित्री भागमा प्रभाव पर्छ ।

यस्तो स्थितिमा कानको क्षमतामा पनि असर पर्दछ र यस्तो अवस्थामा ब्रेनसम्म संकेत जान पनि कठिनाइ हुने गर्छ । यो रोग लागेका व्यक्तिलाई थकान तथा कमजोरी महसुस पनि हुन्छ ।

सामन्था रुथ प्रभु –Myositis

बलिउड अभिनेत्री सामन्थालाई Myositis नामक रोगले सताएको थियो । यो एकप्रकारको अटोइम्युन सिस्टमसँग जोडिएको समस्या हो जसमा इम्युन सिस्टमले शरीरका मांसपेशीमाथि हमला गर्न थाल्छ ।

यस्तोमा मांसपेशी एकदमै कमजोर हुन्छन् । यो एकदमै खतरनाक रोग हो जसको समयमै उपचार नगरे अन्य समस्या देखिन थाल्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved