के आलिया र करिना एउटै फिल्ममा आउँदै छन् ?

नेपालभ्युज

के आलिया र करिना एउटै फिल्ममा आउँदै छन् ?

एजेन्सी । आलिया भट्ट र करीना कपूर खान बलिउडका सुपरहिट अभिनेत्री मध्ये पर्दछन् । उनीहरू नातामा नन्दभाउजु  पर्दछन्। अब पर्दामा पनि दुवै सँगै काम गर्नका लागि उत्सुक भएको देखिन्छ । यस्तो दुवैले सार्वजनिक रूपमा भनिरहेका छन् ।

हालै करीना र आलियाले इन्स्टाग्राममा तीन वटा तस्वीर शेयर गरेका छन् । जसलाई हेर्दा यो त थाहा हुन्छ कि उनीहरु कुनै प्रोजेक्टमा सँगै देखिँदैछन् । तस्वीरमा क्याप्सन लेखेका छन्, के हामीलाई कसैले सँगै फिल्ममा कास्ट गर्न सक्छ ? …

जसमा फिल्म निर्देशक तथा निर्माता करण जौहरले कमेन्ट गरेका छन्, हामीलाई यी दुबै कलाकारसँग एउटा फिल्मको आवश्यकता छ । यसरी नै अन्य बलिउड कलाकारले पनि कमेन्ट गरिरहेका छन् । अब दुबै सँगै फिल्ममा देखिनेछन् कि छैनन त्यो त आउने दिनहरुमा थाहा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved