एमालेले औपचारिक कार्यक्रमलाई ‘भद्दा’ नबनाउने, अतिथिलाई पनि दर्शक दीर्घामै राख्ने

नेपालभ्युज

एमालेले औपचारिक कार्यक्रमलाई ‘भद्दा’ नबनाउने, अतिथिलाई पनि दर्शक दीर्घामै राख्ने

काठमाडौं । नेकपा एमालेले पार्टीका औपचारिक कार्यक्रमलाई भद्दा नबनाउने नीति लिएको छ । एमालेको सचिवालय बैठकले पार्टीका औपचारिक कार्यक्रमको मोडालिटीबारे नियम बनाएको हो ।

बैठकको निर्णयअनुसार अब पार्टीको कार्यक्रममा आसन ग्रहण गराइने छैन भने अतिथि र वक्तालाई पनि दर्शक दीर्घामै राखिनेछ ।

त्यस्तै सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्ने पनि निर्णय भएको छ ।

पार्टीका उपमहासचिव विष्णु रिमालले सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी पार्टीका निर्णयहरूका बारेमा नेता कार्यकर्ताहरूलाई परिपत्र गरिएको बताएका छन् ।

त्यस्तै कार्यक्रममा ब्याज, माला र खादाको पनि प्रयोग नगर्ने निर्णय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved