क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरीले लिइन् एक लाख क्षतिपूर्ति

मुद्दाको फैसला लम्बिएपछि जिल्ला अदालतले गत असारमा उनलाई सरकारी कोषबाट एक लाख रूपैयाँ दिलाउन आदेश गरेपछि सो रकम बुझेकी हुन्।

नेपालभ्युज

क्रिकेटर सन्दीप लामिछानेबाट पीडित किशोरीले लिइन् एक लाख क्षतिपूर्ति

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भनिएकी किशोरी ‘गौशाला २६’ले एक लाख रुपैयाँ क्षतिपूर्ति लिएकी छिन्।

मुद्दाको फैसला लम्बिएपछि जिल्ला अदालतले गत असारमा उनलाई सरकारी कोषबाट एक लाख रूपैयाँ दिलाउन आदेश गरेपछि सो रकम बुझेकी हुन्।

बलात्कार मुद्दामा सन्दीप सय दिन जेल बसेर धरौटीमा छुटेका हुन्। उनको मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ।

उनले रकम बुझेको अदालत स्रोतले बताएको छ। मुद्दाको पेशी साउन ३२ गते छ। उक्त दिनको पेशी सूचीमा उनको मुद्दा पहिलो नम्बरमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved