सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै टिक्दैन : शेखर कोइराला

नेपालभ्युज

सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै टिक्दैन : शेखर कोइराला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा नेता कोईरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए । अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको भन्दै उनले यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए ।

कोइरालाले भने, ‘भ्रष्टाचार र सुशासन दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन । यो अत्यन्त गम्भिर विषय छ । अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ । नेपालमा प्रचुर सम्भावना छ भन्छ । फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ । तर सँगसँगै त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ ।’

नेता कोईरालाले पार्टीका भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने उनको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved