गगनको निर्वाचन क्षेत्रमा पसेको बालेनको डोजरलाई काम गर्न अवरोध

नेपालभ्युज

गगनको निर्वाचन क्षेत्रमा पसेको बालेनको डोजरलाई काम गर्न अवरोध

काठमाडौं। काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली कपनको साततले पुगे पनि काम गर्न पाएन।

बुढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सिमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन लागेको डोजरलाई स्थानीयले काम गर्न नदिएका हुन्।

सो क्षत्र सांसद गगन थापाको निर्वाचन क्षेत्र हो। केही दिन अघि काठमाडौं महानगरपालिकाले सामाखुसी खोला खुला रहेको ठाउँमा एक बालकको ज्यान गएको थियो ।

उनको उद्धार गर्न खोज्दा खोला छोपिएकाले सकिएको थिएन। गल साल कपन खोलाको ढलमा खसेर एक बालकले ज्यान गुमाएका थिए। त्यो क्षति नदोहोरियोस् भनेर खोला खुल्ला गर्ने महानगरको अभियानमा स्थानीयले अवरोध गरेका हुन्।

स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीचविवाद भएको छ। यसअघि हिजो पनि काम गर्न दिइएको थिएन। काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक सात तलेमा डोजर लगेपछि बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई स्थानीयले गुहारेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved