शीतलनिवासमा राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता

सदन खुलाउनेबारे छलफल

शीतलनिवासमा करिब एक घण्टा भएको भेटमा संसदको जारी अवरोध खुलाउनेबारे छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

नेपालभ्युज

शीतलनिवासमा राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

शीतलनिवासमा करिब एक घण्टा भएको भेटमा संसदको जारी अवरोध खुलाउनेबारे छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

भेटमा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट सहयोगको अपेक्षा गरेको अधिकारीले बताए ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरुद्ध पार्दै आएको छ ।

आज पनि संसद बैठक डाकिएको छ ।

सदन खुलाउनेबारे शीर्ष नेताबीच पटक–पटक वार्ता भए पनि कुरा मिल्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved