सडकमा मकै बेच्ने युवतीसँग महानगर प्रहरीको लभ परेपछि…

मकै खोसिएपछि दुई छाक टार्न धौधौ भएपछि अन्तिम विकल्पको रूपमा सडकमा बसेर मकै पोलेर बेच्न विवश महिलाहरू नगर प्रहरीलाई गाली गर्छन्। नगर प्रहरी र सडक व्यापारीबिचको द्वन्द्वबाट सुरु हुन्छ प्रेम कथा।

नेपालभ्युज

सडकमा मकै बेच्ने युवतीसँग महानगर प्रहरीको लभ परेपछि…

काठमाडौं। सडकमा मकै बेच्दै गरेका महिलाहरू नगर प्रहरी आएको देखेपछि भाग्छन्। तर, पछ्याउँदै गएका नगर प्रहरीले महिलाहरूको मकै खोसेरै छाड्छन्।

दुई छाक टार्न धौधौ भएपछि अन्तिम विकल्पको रूपमा सडकमा बसेर मकै पोलेर बेच्न विवश महिलाहरू नगर प्रहरीलाई गाली गर्छन्। मकै बेच्ने महिलाको दुख देखेर एक नगर प्रहरीले एक महिलालाई साथ दिन्छन्।

नगर प्रहरी र सडक व्यापारीबिचको द्वन्द्वबाट सुरु हुन्छ प्रेम कथा।

000

सर्लाही कर्मैयाबाट बागमतीको बाढीले घरबास उठाएपछि काठमाडौंको बागमती किनारमै बस्न आएका थिए, गायक यश कुमार। उनीसँग थुप्रै संघर्षका कथा छन्, जसले अति विपन्न अवस्थामा जीवन गुजारेका थिए।

भूँइमान्छेबाट अहिले माथि उठेका उनको बाल्यकाल खुसी र सुखभन्दा ज्यादा दुखी थियो। दुख पीडा, गरिब र निम्न मान्छेको ब्याथा भोगेर देखेर आएका उनले आफ्नो सङ्गीत कर्ममा पनि त्यसलाई देखाउँदै आएका थिए।

उनै यश कुमारको म्युजिकल फिल्म सुस्तरी सुस्तरी सार्वजनिक भएको छ। साेही म्युजिकल फिल्ममा नगर प्रहरी र सडकमा मकै बेच्दै गरेकी युवतीबीचको सुन्दर प्रेम कथा देखाइएकाे हाे।

नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार आफैँ छन्। सडक व्यापारीको भूमिकामा अभिनेत्री अनु थापा छिन्। गायनमा यशलाई अनु चौधरीले साथ दिएकी छिन् ।

नगर प्रहरी र सडक व्यापारीबिचको द्वन्द्वबाट सुरु हुने कथा प्रेममा परिणत हुँदै सडकमा व्यापार गर्नुहुँदैन भन्ने सन्देश दिएर टुङ्गिन्छ।

यश कुमारकै कथा रहेको म्युजिकल फिल्ममा राजेश घटानी, पञ्ची तामाङ र अनिता लामाले पनि अभिनयमा साथ दिएका छन्। म्युजिकल फिल्मको निर्देशन निकेश खड्काले गरेका हुन् । गीतको शब्द र सङ्गीत पनि यशको आफ्नै हो।

भिडिओ-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved