अफगानिस्तानमा विषाक्त खानाका कारण ४०० जना बिरामी परेको दाबी

नेपालभ्युज

अफगानिस्तानमा विषाक्त खानाका कारण ४०० जना बिरामी परेको दाबी
फाइल तस्वीर

काबुल। अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा ४०० जना बिरामी परेका छन् । गाउँले र प्रत्यक्षदर्शी ताहिर अजिमीले भोजको खानाले करिब ४०० जना बिरामी परेको दाबी गरेका हुन्।

प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका थिए ।

बिरामीहरूको नजिकैको अस्पताल र क्लिनिकमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको भन्दै विस्तृत विवरण अनुसन्धान रिपोर्टमार्फत जानकारी गराइने ती अधिकारीले बताए ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved