संसद् खुलाउनेबारे शीर्षस्थ नेताबीच कुरा मिलेन

संसद्को अवरोध खुलाउनेबारे सभामुख देवराज घिमिरेसहित शीर्षस्थ नेताबीच भएको छलफल बिनानिष्कर्ष सकिएको छ ।

नेपालभ्युज

संसद् खुलाउनेबारे शीर्षस्थ नेताबीच कुरा मिलेन

काठमाडौं । संसद्को अवरोध खुलाउनेबारे सभामुख देवराज घिमिरेसहित शीर्षस्थ नेताबीच भएको छलफल बिनानिष्कर्ष सकिएको छ ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडानबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।

नेताबीचको छलफल सकारात्मक भएको तर निष्कर्षमा नपुगेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले आजै फेरि बैठक बस्ने सहमतिपछि नेताहरु छुटेको पनि जानकारी दिए ।

शीर्ष नेताबीच संसदीय समिति सभापतिबारे भने सहमति भएको बुझिएको छ । बैठकमा प्रमुख दलका शीर्षस्थ नेतासँगै प्रमुख सचेतक वा सचेतकसमेत सहभागी थिए ।

साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

दलहरुले सहमतिको प्रयास गरेसँगै आवको संसद् बैठक पनि चार बजेसम्मका लागि सारिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved