शंकर कँडेल आत्महत्या प्रकरण:

मृतकको आरोप नै अन्तिम प्रमाण मान्दै व्यवसायी रुङ्गटालाई पनि पुर्पक्षको लागि जेल चलान

आदेशविरुद्ध रुङ्गटा गए उच्च अदालत

तर, यसका अनुसन्धान नभई सुसाइट नोटकै आधारमा जेलमा राख्न आदेश आएको भन्दै रुङ्गटा आइतबार उच्च अदालत पाटन ‘हेटौँडा इजलास’ गएका छन्। आफूबाट ‘अवैध कार्य मानिने आत्महत्या गर्न उक्साउने काम’ दाबीसहित उनी उच्च अदालत गएका हुन्।

नेपालभ्युज

मृतकको आरोप नै अन्तिम प्रमाण मान्दै व्यवसायी रुङ्गटालाई पनि पुर्पक्षको लागि जेल चलान

काठमाडौं। चितवनमा व्यवसायी तथा समाजसेवी शंकर कँडेल आत्महत्या प्रकरणमा जीवन रावल डेढ महिना जेल बसेर निस्कनासाथ सोही मुद्दामा व्यवसायी प्रदीप रुङ्गटा फेरि जेल परेका छन्।

जो आत्महत्या दुरुत्साहन मुद्दाका आरोपित रुंगटा अनमोल फिड्सका लेखका प्रमुख रावल धरौटीमा छुटेलगतै आत्मसमर्पण गर्न बिहीबार चितवन अदालत पुगेका थिए।

चितवनका व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहनमा जोडिएका उनी सम्पर्कविहीन थिए। रुङ्गटालाई जिल्ला अदालत चितवनका न्यायधिश डिल्लीराम शर्मा अर्यालको एकल इजासलले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो।

व्यवसायी कँडेलले १९ वैशाखमा अनमोल फिल्डको कार्यालय बेलचोकमा झुन्डिएर आत्महत्या गरेका थिए। उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावल विरुद्ध किटानी जाहेरी दिएको थियो।

आत्महत्याअघि व्यवसायी कँडेलले कम्पनीको शेयर ८५ प्रतिशत किनेका व्यवसायी रुंगाटा र लेखा प्रमुख रावलमाथि सुसाइड नोटमा केही आरोप लगाएका थिए।
सोही सुसाइड नोटलाई आधार मान्दै परिवारले उजुरी दिएका थिए। रावलले २२ वैशाखमा आत्मसमर्पण गरे।

उनलाई ‘‘कसुरका कसुरदार होइनन् भनी अहिले नै निश्चय रूपमा भन्न नमिल्ने’ भन्दै पुर्पक्षको लागि थुनामा पठाइयो। उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भए।

कँडेलको मृत्युपछि रुङ्गटा फरार थिए। रावलको रिहाइसँगै अदालतमा हाजिर हुन गएका रुंगटालाई पनि कंडेलको सुसाइड नोटकै ब्यहोरालाई अन्तिम सत्य मान्दै आदेश गरिएको छ।

अदालतको आदेशको आशय – सुसाइड नोटको कुरानै दोषी देखाउने प्रमाण

मृतक कँडेलले आत्महत्या गर्नु पूर्व निजले आत्महत्या गर्नु पर्नाको कारण भनी लेखेको कागजको बेहोराले रुंगटा आरोपित कसूरमा संलग्न छैनन् भन्न सकिने अवस्था नदेखिएको आदेशमा भनिएको छ।

‘‘मृतक शंकर प्रसाद कंडेलले आत्महत्या गर्नु पूर्व निजले आत्महत्या गर्नु पर्नाको कारण भनी लेखेको कागजको बेहोरा, जाहेरी दरखास्त कल्पना पौडेल, कमला शर्मा पौडेल समेतले घटना विवरण कागजमा लेखाई दिएको समेतका तत्काल प्रमाणबाट यी प्रतिवादी प्रदिपकुमार रुंगटा आरोपित कसूरमा संलग्न छैनन् भन्न सकिने अवस्था नदेखिएको र आरोपित कसूर ठहर भएमा हुनसक्ने सजाय समेतलाई विचार गर्दापछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) (ख) बमोजिम मुद्रा पुर्पक्षका लागि थुनामा राख्नुपर्ने देखिँदा कानुन बमोजिमको सिधा खान पाउने गरी रितपूर्वकको थुनुवा पूर्जी दिई कारागार कार्यालय चितवनमा पठाई दिनु भनी ऐ संहिताको दफा ७९ बमोजिम यो आदेश पर्चा गरिदिएको छ’’ आदेशमा भनिएको छ।

आदेशविरुद्ध रुङ्गटा गए उच्च अदालत

मुलुकी अपराध संहिताको दफा १८५ मा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’ भन्ने व्यवस्था उल्लेख छ।

तर, यसका अनुसन्धान नभई सुसाइट नोटकै आधारमा जेलमा राख्न आदेश आएको भन्दै रुङ्गटा आइतबार उच्च अदालत पाटन ‘हेटौँडा इजलास’ गएका छन्। आफूबाट ‘अवैध कार्य मानिने आत्महत्या गर्न उक्साउने काम’ दाबीसहित उनी उच्च अदालत गएका हुन्।

व्यवसायी रुङ्गटालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

पछिल्लो समय आत्महत्या घटना बढिरहेका छन्। घटनापछि केही पक्राउ गर्दै आएका छन्।

यससँगै ‘कसैलाई आत्महत्या दुरुत्साहन गर्न नहुने भए पनि के कुन हदसम्मको अनुचित कार्य वा कुन हदसम्मको खराब गतिविधिमा उक्साउने कार्य दुरुत्साहनभित्र पर्छ’ भन्ने कुरा पनि कानुनमा स्पष्ट नभएको भन्दै स्पष्ट हुनुपर्ने बहस सृजना भएको छ।

नत्र कैंयौ निर्दाेषले सजाय पाउने खतरा रहेको जानकारको चिन्ता व्यक्त गर्न थालेका छन्।

मुलुकी अपराध संहिताको अहिलेको व्यवस्थालाई हेर्दा अधिकांश आत्महत्याका घटनामा बदनियत पूर्ण तरिकाले निर्दोष व्यक्ति पनि दुरुत्साहनको कसुरमा फस्न सक्ने देखिएको जानकारहरूलेनै औँल्याउँदै आएका छन्।

आरोपित रावलको बकपत्र – माग्ने बित्तिकै सहयोग गर्न सकिनँ, त्यही दोषमा म जेल बस्नुपर्ने ?

शंकर कँडेल आत्महत्या प्रकरण स् सीए जीवन रावल धरौटीमा रिहा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved