तामाङ समुदायको आन्दोलनमा भएको प्रहरी दमनप्रति नेसपाको आपत्ति

नेपालभ्युज

तामाङ समुदायको आन्दोलनमा भएको प्रहरी दमनप्रति नेसपाको आपत्ति

काठमाडौं । तामाङ र मगरलगायतका जाति, समुदायको संस्कारमाथि विवादास्पद अभिव्यक्ति दिएकी कानुन व्यावसायी भगवती पाण्डे (शीतल)लाई पक्राउ गर्न माग गर्दै भएको प्रदर्शनमा प्रहरीले दमन गरेकोप्रति नेपाल समाजवादी पार्टी (नेसपा)ले आपत्ति जनाएको छ ।

बिहीबार पाण्डेलाई पक्राउ गर्न माग राख्दै जिल्ला प्रहरी परिसर टेकूको कार्यालय घेराउ गर्न गएकामाथि प्रहरीले गरेको गरेको दमन निन्दनीय भएको भन्दै नेसपाले आपत्ति जनाएको हो ।

नेसपाका अध्यक्ष बाबुराम भट्टराईले एक विज्ञप्ति गर्दै उक्त घटनाको भर्त्सना गरेका छन् । उनले विरोध कार्यक्रममा सहभागी नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य दिलमाया मोक्तान (नेरुता) लगायत ३ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरी चरम यातना दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् ।

उनले भनेका छन्– शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौंलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो । प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भत्सर्ना गर्दछौँ ।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्ने प्रहरीहरूको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved