सन्दीपको सनसनीपूर्ण प्रदर्शनमा जागुअर्स पुग्यो प्लेअफमा

नेपालभ्युज

सन्दीपको सनसनीपूर्ण प्रदर्शनमा जागुअर्स पुग्यो प्लेअफमा

काठमाडौं । नेपालमा लेग स्पिनर सन्दीप लामिछाने आवद्ध सर्रे जागुअर्स ग्लोबल टी२० क्यानडाको प्ले अफमा पुगेको छ ।

बुधबार भएको खेलमा मिस्सिसाउगा प्यान्थर्सलाई ८ विकेटले हराउँदै जागुअर्स प्ले अफसमा पुगेको हो ।

जगुअर्सलाई महत्वपूर्ण जित दिलाउन सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओेभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको प्यान्थर्स जम्मा ५६ रनमा अलआउट भयो । ५७ रनको सामान्य लक्ष्य जागुअर्सले ९ ओभर २ बलमा दुई विकेट गुमाएर भेटायो ।

जगुअर्सका लागि पाकिस्तानी ब्याट्सम्यान माेहम्मद ह्यारिसले २३ बलमा अविजित ३७ रन बनाए ।

बुधबारको खेलमा सन्दीप प्लेयर अफ द म्याच बनेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved