जेलेन्स्कीको चेतावनी: युद्ध अब मस्कोमा सुरु हुँदैछ

नेपालभ्युज

जेलेन्स्कीको चेतावनी: युद्ध अब मस्कोमा सुरु हुँदैछ

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबको युद्ध रुसको राजधानी मस्कोमा केन्द्रित हुन सक्ने चेतावनी दिएका छन् ।

आइतबार विहान मस्कोमा ड्रोन आक्रमण गरेपछि प्रतिक्रिया दिँदै जेलेन्स्कीले रुसमाथि फेरि युद्ध आउने चेतावनी दिएका हुन् । जेलेन्स्कीले रुसी भूमिमा  भएको आक्रमण दुई देशबीचको युद्धको “अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया” भएको बताएका बीबीसीले जनाएको छ।

रुसको रक्षा मन्त्रालयले आइतबार तीन युक्रेनी ड्रोन खसालेको र दुईवटा कार्यालयमा ठोक्किएको बताएको छ । सहरको केन्द्रको दक्षिणपश्चिममा रहेको भानुकोवो एयरपोर्ट पनि केही समयका लागि बन्द गरिएको थियो।

पश्चिमी युक्रेनी शहर इभानो-फ्रान्किभस्कबाट आइतवार एक भिडियो सन्देमा जेलेन्स्कीले भने कि युक्रेन बलियो हुँदैछ। “आज तथाकथित विशेष सैन्य अपरेशन’को ५ सय २२ औं दिन हो, जसलाई रुसी नेतृत्वले केही हप्तासम्म रहने सोचेको थियो, तर बिस्तारै युद्ध रूसको क्षेत्रमा फर्कदैछ।”

सामान्यतया रुसमा भएका आक्रमणमा युक्रेनले आफ्नो संलग्नताबारे बोल्दैन । तर आइतबारको घटनाको जेलेन्स्कीले जिम्वेवारी लिँदै चेतावनी दिनुलाई निकै महत्वका साथ हेरिएको छ ।

उनको यो स्विकारोक्तिले युक्रेनको आत्मबल बढेको प्रष्ट थाहा हुन्छ ।युक्रेनी सीमाबाट करिब ५०० किलोमिटर टाढा रहेको मस्कोलाई युक्रेनले कमै मात्र आक्रमणको निशाना बनाउँदै आएको छ।

तर रुसले युक्रेनले हालैका महिनाहरूमा राजधानी लगायत आफ्नो धेरै क्षेत्रमा ड्रोन हमलाहरूको श्रृंखला सुरु गरेको आरोप लगाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved