गएराति रुपन्देही, कपिलवस्तु र दाङमा भारी वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालभ्युज

गएराति रुपन्देही, कपिलवस्तु र दाङमा भारी वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान
सांकेतिक तश्वीर

काठमाडौं । देशका केही ठाउँमा गएराति भारी वर्षा भएको छ ।

रुपन्देही, कपिलवस्तुको तौलिहवा, दाङको लालमटिया लगायका स्थानमा गएराति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  कोठी, बाणगंगा,सुरइ लगायतका खोलामा बाढीको चेतावनी जारी भएको छ ।

यस्तै बागलुङ, म्याग्दी र कास्कीमा पनि भारी वर्षा भएको छ ।

आज सोमबार दिउँसो  देशभर सामान्य बदली  रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली  रहनेछ। कोशी, बागमती, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved