माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे आन्तरिक छलफल शुरु

नेपालभ्युज

माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे आन्तरिक छलफल शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रिय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनबारे आन्तरिक छलफल शुरु गरेको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा सो बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको हो ।

पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरुले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु भएको र त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आईतवार (भोलि) पनि पदाधिकारी बैठक बोलाइएको पार्टीका सचिव चक्रपाणी खनालले जानकारी दिए ।

बैठकमा पार्टीको केन्द्रिय कार्य समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई त्यसका एजेण्डाहरु टुंगो लगाउने विषयमा पनि नेताहरुबीच सहमति भएको छ ।

‘केन्द्रिय समितिको बैठकलाई मध्यनजर राख्दै यो बैठक आजको प्रतिवेदनको तयारी संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र त्यसपछि केन्द्रिय समितिको बैठकलाई कसरी लैजाने र पदाधिकारीहरुको सुझाव के छ ? त्यसबारे मुख्य छलफल भयो’ सचिव खनालले भने, ‘त्यसपछि स्थायी समिति बैठक केन्द्रिय समिति बैठक अघि नै बोलाउने र त्यो बैठकबाट फेरी केन्द्रिय समितिलाई अलि व्यवस्थित र पूर्ण रुपमा कसरी लैजाने भन्ने बारेमा छलफल भयो ।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटाली जानु अघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्दिय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरुलाई दिएको थियो ।

सोही प्रतिवेदनको मस्यौदामाथि आजको बैठकमा छलफल शुरु गरिएको छ । नेताहरुको सुझावहरुलाई समेत समेटेर अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिनु हुने माओवादी केन्द्रले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved