विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु

नेपालभ्युज

विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु

दाङ । विषालु च्याउ खाएपछि बिरामी परेकी रोल्पाकी एक महिलाको मृत्यु भएको छ ।

लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला विकको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उनी गत असार २६ गते बिषालु च्याउ खाएपछि बिरामी परेकी थिइन् । उनीसँगै परिवारका चार जना बिरामी परे पनि बिमलाको अवस्था नाजुक बनेको थियो ।

३१ असारमा उपचारका लागि लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved