आलेख

चीनको ब्रह्मपुत्र बाँध आयोजना : भारत र बंगलादेशका लागि जोखिमपूर्ण हुनेछ

चीनले विश्वको सबैभन्दा ठूलो बाँध बनाउँदैछ, त्यो पनि भीषण सैन्यकरण भएको भारतसँगको सीमा नजिक। यो ६० गिगावाट क्षमता भएको महापरियोजना हो, जसले विश्वको अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत्‌ आयोजना थ्रि गर्जेजले भन्दा ३ गुणा बढी विद्युत्‌ उत्पादन गर्नेछ ।

चीनको ब्रह्मपुत्र बाँध आयोजना : भारत र बंगलादेशका लागि जोखिमपूर्ण हुनेछ

चीनको विश्वमै अतुलनीय जलविद्युत्‌–वर्चस्व छ । अन्य सबै देशका तुलनामा यसका सेवारत बाँध धेरै ठूला छन् । अब चीनले विश्वको सबैभन्दा ठूलो बाँध बनाउँदैछ, त्यो पनि भीषण सैन्यकरण भएको भारतसँगको सीमा नजिक।

यो ६० गिगावाटको योजनाबद्ध क्षमता भएको महापरियोजना हो, जसले विश्वको अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत्‌ आयोजना थ्रि गर्जेजले भन्दा ३ गुणा बढी विद्युत्‌ उत्पादन गर्नेछ । यद्यपि यो योजनाबारे चीनले सबै अद्यावधिक जानकारी दिएको छैन, तर सन् २०२१ को मार्चमा चिनियाँ जनकांग्रेसले यो परियोजना अनुमोदन गरेको थियो ।

चीनले विगतमा पनि अस्पष्टताबीच विकास योजनाहरू शान्तःप्राय कार्य वातावरणको आवरणमा पूरा गरेको छ । व्यवसायिक उपलब्धता भएका सेटलाइट इमेजरीबाट लुकाउन सकिन्जेलसम्म अन्तर्राष्ट्रिय नदीमा ठूला बाँध परियोजनाको काम गोप्यरूपमा गरेको बेइजिङको अभिलेख छ । अबको महाबाँध धेरै सोच्नै नसकिने खालको संसारकै सबैभन्दा षड्यन्त्रकारी र विश्वासघाती इलाकामा बन्दैछ ।

ब्रह्मपुत्र नदीलाई तिब्बती यार्लुङ साङपो भन्दछन् । यो नदी बढो तीव्र ढंगले दक्षिणतिर बग्दछ । यो नदी करिब ३००० मिटर ओरालो खस्छ । किनकि यसले हिमालयबाट भारततिर दक्षिणी मोड लिन्छ । यो विश्वको सबैभन्दा अग्लो र ठाडो घाँटीबाट झर्ने विश्वको सबैभन्दा लामो र ओरालो नदीको हो ।

यो अमेरिकी ग्राण्ड क्यानयोनभन्दा दुई गुणा गहिरो छ । ब्रह्मपुत्र खाडीमा एशियाकै सबैभन्दा ठूलो अप्रयुक्त जलभण्डार छ । नदीको तीव्र ओरालो प्रवाहले धर्तीमा सबैभन्दा धेरै जल ऊर्जा संकेन्द्रण गर्दछ । यस्तो समिश्रणले चिनियाँ बाँध निर्मातालाई शक्तिशाली चुम्बकले जस्तै तानेको छ ।

यो संसारको सबैभन्दा जोखिमपूर्ण परियोजना पनि हो किनकि यो भूकम्पीय जोखिम सक्रिय क्षेत्रमा हुनेछ । यस भारत र बंगालादेशजस्ता तल्लो तटीय समुदायलाई सम्भावित ‘वाटर-बम’ को निशाना बनाउँछ । तिब्बती पठारको दक्षिणपूर्वी भाग उच्च भूकम्पीय जोखिममा छ किनकि यो भौगर्भिक ‘फल्टलाइन’ मा छ, जहाँ भारतीय र युरेशियन प्लेट ठोकिन्छन् ।

सन् २००८ को सिचुवान भूकम्पमा तिब्बती पठारको पूर्वी किनारामा मात्र ८७ हजार मानिसको मृत्यु भएको थियो । जलासय–भूकम्पीय सम्बन्धको सवालमा अन्तर्राष्ट्रिय ध्यनाकर्षण गरेको थियो । सिचुवान भूकम्पपछि जिपिङपु बाँधमा पुगेको क्षति राम्रैसँग देख्न सकिन्थ्यो ।

कतिपय वैज्ञानिक भन्छन् कि बाँध आफैँले भूकम्पलाई ट्रिगर गर्दछन् । कतिपय चिनियाँ र अमेरिकी वैज्ञानिकले सिचुवान भूकम्प र जिपिङपु बाँध बीचको सम्बन्धरेखा कोर्न खोजेका थिए, जुन बाँधले भूकम्पभन्दा २ वर्षअघि मात्र भूकम्पीय त्रुटि इलाकामा काम गर्न थालेको थियो ।

उनीहरूको भनाइ थियो कि बाँधको जलासयमा थुप्रिएको सयौं घनमिटर पानीको वजनले गम्भीर भौगर्भिक तनाव वा भूकम्पीय जोखिम उत्पन्न गर्न सक्दछ । तर, भूकम्पबिनै पनि तल्लो तटीय क्षेत्रका समुदायको लागि यो जोखिमपूर्ण हुनसक्दछ यदि मनसुनी मुसलधरे वर्षाले ब्रह्मपुत्रको महाप्रवाहमा बाढी उत्पन्न र जलप्रलय निम्त्यायो भने । दुई वर्षअघि मात्र थ्रि गर्जेज बाँध उत्पन्न बाढीको जोखिममा ४० करोड चिनियाँ भएको तथ्य अभिलेख गरिएको थियो ।

हालसालै, मेकङ नदीको माथिल्लो तटीय क्षेत्रमा चीनले बनाएका ११ वटा ठूला बाँधको कारणले तल्लो तटीय क्षेत्रमा बारम्बारको खडेरीलगायत थुप्रै प्रकारका नकारात्मक वातावरणीय प्रभाव पारेको देखिएको थियो । तर, चीनले अब मेकङमा थप ठूला बाँध निर्माण गर्ने मात्र हैन, ब्रह्मपुत्र जलाधार क्षेत्रमा रहेको प्रचुर जलस्रोत दोहनमा पनि आफ्नो ध्यान केन्द्रित गरेको छ ।

ब्रह्मपुत्रमा आफ्नो विवादास्पद महापरियोजनाबारे हुने सक्ने अन्तर्राष्ट्रिय प्रतिक्रियालाई गुपचप पार्न चीनले निर्माण गतिविधि लुकाइरहेको छ । दुर्गम निर्माणस्थलमा ठूला उपकरण, सामग्री र कामदार ढुवानीका लागि पूर्वाधार निर्माण गरिसकेपछि मात्र चीनले महाबाँध परियोजना स्वीकृतिका लागि जन कांग्रेसमा प्रस्तुत गरेको थियो ।

दुई वर्षअघि संसद्ले परियोजना अनुमोदन गरेको दुई महिनापछि बेइजिङले यो घोषणा गर्‍यो कि चीनले विश्वको सबैभन्दा गहिरो घाँटी हुँदै राजमार्ग बनाउने उपलब्धि हासिल गरेको छ । त्यो राजमार्ग भारतीय सीमाना नजिकसम्म पुग्दछ । अर्को महिना चीनले ल्हासादेखि न्याङत्रीसम्म नयाँ रेलमार्ग सुरू गर्ने घोषणा गर्‍यो, जुन भारतको सीमानाभन्दा १६ किमीभन्दा पनि कम टाढा पर्ने सैन्य आधार शिविर हो । राष्ट्रपति सी चिन फिङले सन् २०२१ को जुलाईमा न्याङत्रीबाट प्रादेशिक राजधानीसम्म नयाँ रेल लिएर आकस्मिक भ्रमण गरेका थिए ।

यी नयाँ रेलमार्ग र राजमार्ग पूर्वाधार खोलिएपछि बाँधको जग निर्माणको काम चुपचाप सुरू गरिएको संकेत गर्दछ । चीनले प्रख्यात घाटीहरूको माथिल्लो तटीय क्षेत्रमा मध्यम आकारका बाँध निर्माण थाल्दासम्म अघि ब्रह्मपुत्र विश्वको अन्तिम बाँधरहित नदीमध्ये एक थियो । बाँध निर्माणको काम जति सीमा क्षेत्र नजिक सर्दै जान्छ, चीन निश्चितरूपमा प्रतिद्वन्द्वी भारतबाट सीमापार प्रवाहको फाइदा लिन सक्षम हुनेछ ।

तर, यो महापरियोजनबाट हुने वातावरणीय विनाशको असर नदीको पुच्छरमा भएको बंगलादेशले ब्यहोर्ने छ । यद्यपि यस्तो वातावरणीय क्षति संसारको सबैभन्दा बढी जैविक विविधता भएको तिब्बतमा पनि विस्तार हुने सम्भावना छ । वास्तवमा यो महाबाँधमार्फत् चीनले शुद्ध घाँटीहरू अपवित्र बनाइरहेको छ जो तिब्बतका पवित्र स्थान हुन् ।

जलशान्तिको मुख्य सिद्धान्त पारदर्शीता हो । अहिलेसम्मकै सबैभन्दा ठूलो बाँधको दूरगामी रणनीति, वातावरणीय तथा अन्तरतटीय प्रभावहरूले चीनलाई पारदर्शी हुन अनिवार्य बनाउँछ । निरन्तरको अन्तर्राष्ट्रिय दबाबले मात्र चीनलाई आफ्नो महापरियोजनालाई छोपी राखेको गोप्यताको बर्को हटाउन बाध्य गर्ने छ ।

(निक्केई एशियाबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved