समाज कल्याणले थाल्यो भृकुटीमण्डपको भाडा उठाउने प्रक्रिया

पाँच करोड रुपैयाँभन्दा बढी भाडा उठाउन बाँकी

नेपालभ्युज

समाज कल्याणले थाल्यो भृकुटीमण्डपको भाडा उठाउने प्रक्रिया

काठमाडौं । समाज कल्याण परिषद्ले आफ्नो भवन र जमिन प्रयोग  गरेका व्यवसायीबाट रकम उठाउने प्रक्रिया सुरु गरेको छ ।

परिषद्ले आफ्नो स्वामित्वमा रहेको भृकुटीमण्डपका विभिन्न संघ संस्था तथा पसलबाट भाडा उठाउने प्रक्रिया सुरु गरेको हो ।

महालेखा परीक्षकको कार्यालयले ५१ जना व्यवसायीको नाममा रहेको पाँच करोड ८२ लाख ६४ हजार ७ सय ८६ रुपैयाँ सम्झौताबमोजिम असुल गर्न परिषद्लाई भनेको थियो । जसअनुसार भाडा उठाउने प्रक्रिया सुरु गरिएको भृकुटीमण्डप सञ्चालन कार्यालयका आर्थिक प्रशासन प्रमुख दुर्गा भट्राईले जानकारी दिए ।

यहाँ गणेशमान सिंह अध्ययन प्रतिष्ठान, रिपोर्टर्स क्लब नेपाललगायत विभिन्न गैरसरकारी संस्था सञ्चालित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved