फिफा महिला विश्वकप : अमेरिका र नेदरल्याण्ड्सले बराबरी खेले

नेपालभ्युज

फिफा महिला विश्वकप : अमेरिका र नेदरल्याण्ड्सले बराबरी खेले

एजेन्सी । फिफा महिला विश्वकप २०२३ मा अमेरिका र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् ।

समूह ई अन्तर्गत न्युजिल्याण्डको वेलिङ्टनमा भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन् । १७ मिनेटमा जिल रुर्डले गोल गरेर नेदरल्याण्ड्सलाई अग्रता दिलाए पनि ६२ मिनेमा लिन्ड्सेले गोल गरेर खेल बराबरीमा ल्याइन् ।

समूह ईमा दुई खेलमा ३ अंकसहित अमेरिका शीर्ष स्थानमा छ भने समान अंक भएको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ ।

आजै अष्ट्रेलिया र नाइजेरिया तथा पोर्चुगल र भियतनामले खेल्दैछन् । महिला विश्वकपमा ३२ देशको सहभागिता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved