एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति, कुन प्रदेशमा कहिले ?

नेपालभ्युज

एमालेले तोक्यो प्रदेश अधिवेशनको मिति, कुन प्रदेशमा कहिले ?

काठमाडौं । नेकपा एमालेले प्रदेश अधिवेशनको मिति तय गरेको छ । एमालेले आगामी भदौ र असोजमा प्रदेश अधिवेशन गर्ने भएको हो ।

एमालेका अनुसार कोशी प्रदेशको अधिवेशन असोज १२–१३ गते हुनेछ भने मधेश प्रदेशको असोज ५ र ६ गतेका लागि तोकिएको छ । त्यस्तै बागमती प्रदेशले अधिवेशन असोज ८–९ गते हुनेछ ।

भदौको १६ र १७ लुम्बिनीको, २९ र ३० गते कर्णालीको र २२ र २३गते सुदूरपश्चिम प्रदेशको अधिवेशन मिति तोकिएको छ ।

एमालेले गण्डकी प्रदेशको अधिवेशन मिति भने तोकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved