सुन तस्करी प्रकरणमा थप एक पक्राउ

नेपालभ्युज

सुन तस्करी प्रकरणमा थप एक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागको टोलीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार  पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन्।

एक कम्पनीका प्रोप्राइटर  समेत रहेका उनलाई विभागको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो। उनी सँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

यसअघि ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेल  र चिनियाँ नागरिक लिन जेछियाङ  पक्राउ परिसकेका छन् ।  उच्च अदालत पाटनले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति समेत दिइसकेको छ ।

उक्त प्रकरणमा बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लैजाँदै गरेको अवस्थामा सुन बरामद भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved