३७ वर्षअघि ‘पानको पात’ गीत गाएका प्रेमराजा र बमबहादुरको फेरि सहकार्य

३७ वर्षअघिको चर्चित गीत ‘पानको पात’ गीत गाएका गायकहरूले फेरि सहकार्य गरेका छन्। श्रोतामाझ कालजयी गीत प्रेमराजा महत र बमबहादुर कार्कीलगायतले यो गीतमा स्वर दिएका थिए।

नेपालभ्युज

३७ वर्षअघि ‘पानको पात’ गीत गाएका प्रेमराजा र बमबहादुरको फेरि सहकार्य

काठमाडौं । ३७ वर्षअघिको चर्चित गीत ‘पानको पात’ गीत गाएका गायकहरूले फेरि सहकार्य गरेका छन्। श्रोतामाझ कालजयी गीत प्रेमराजा महत र बमबहादुर कार्कीलगायतले यो गीतमा स्वर दिएका थिए।

त्यति बेला यी दुईले अन्य चर्चित गीतमा पनि सहकार्य गरे। अहिले फेरि  ‘पानको पात’को जोडीबीच पुनः सहकार्य भएको छ।

मंगलबार म्युजिक नेपालको स्टुडियोमा ३७ वर्षअघिको एक हिट गीतको पुनः रेकर्डिङमा महत र कार्कीले स्वर दिए। दर्शकलाई ‘सरप्राइज’ दिन उनीहरुले कुन गीतमा पुनः रेकर्ड गरे भन्ने नखुलाएका हुन्।
दर्शक–श्रोताले चाँडै गीतलाई सुन्न र हेर्न सक्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved