आयातिक सबै वस्तुमा आयातकर्ता र वितरकको लेबल अनिवार्य

नेपालभ्युज

आयातिक सबै वस्तुमा आयातकर्ता र वितरकको लेबल अनिवार्य

काठमाडौं । भन्सार विभागले आज साउन १ गतेदेखि आयातित सबै वस्तुमा आयातकर्ता र वितरकको लेबल अनिवार्य लगाउनुपर्ने नियम कार्यान्वयन गर्ने भएको छ ।

विभागले आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा (४) मा भएको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । लेबल नलगाएरै वस्तु बजारमा बिक्री वितरण भएमा आजदेखि कारबाही प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ ।

आर्थिक ऐनमा आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण उल्लेखित लेवल लगाउनुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।

यसको कार्यान्वयनको प्रक्रियाबारे विभागले सरोकारवालाहरूलाई जानकारी गराइसकेको छ । त्यसैका लागि विभागले कसरी लेबल लगाउने र के–के विवरण उल्लेख गर्ने भन्ने विषयमा सरोकारवालाहरूलाई जानकारी गराइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved