संसद् भवनबाहिर गफिँदै कांग्रेसका दुई महामन्त्री

संसद् भवनबाहिर गफिँदै कांग्रेसका दुई महामन्त्री

काठमाडौं। कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीभित्र मात्र होइन, बाहिर पनि उत्तिकै लोकप्रिय छन्। त्यतिमात्र होइन, राष्ट्रिय राजनीतिमा पनि चर्चित छन्।

उनीहरूको आकर्षक भाषण कलाले धेरैको मन जित्ने गर्छ। तर, डेढ वर्षअघि कांग्रेसको महाधिवेशनमा उनीहरूले महामन्त्री जित्दाको जुन उत्साह थियो त्यो अहिले केही कम भएको छ । कांग्रेसको विधानले महामन्त्रीलाई धेरै अधिकार दिएको छ, केन्द्रीय कार्यालय सञ्चालन गर्ने र पार्टी निर्णय कार्यान्वयन गराउने लगायतका ।

केन्द्रीय समिति बैठक बस्न नसकिरहेको बेलामा महामन्त्रीद्धय भावि रणनीति बनाउन जुटिरहेका छन्। संसद भवनबाहिर पनि यी दुई नेताले आइतबार लामै गफगाफ गरे ।

प्रतिनिधिसभाको बैठक बस्ने स्थगित हुने क्रम चलिरहेको थियो। गगन र विश्व भने बैठकमा सहभागी भएर हलबाहिर एक छेउमा पार्टीका विविध विषयमा छलफल गरिरहेको भेटिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved