राष्ट्रिय सभा बैठक बस्दै

नेपालभ्युज

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक आज (बुधबार) बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

यसअघि विनियोजन विधेयकमाथि उठेका प्रश्वको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम तय भएको छ । त्यस्तै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

यसैगरी, बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यतालिकामा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved