मोदीको सम्मानमा म्याक्रोँले गरे रात्रिभोजको आयोजना

नेपालभ्युज

मोदीको सम्मानमा म्याक्रोँले गरे रात्रिभोजको आयोजना

पेरिस । फ्रान्सको बास्टिल डे अर्थात् राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा राष्ट्रपति इमानुएल म्याक्रोँले लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्ने भएका छन् ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयका अनुसार दुई सयभन्दा बढी पाहुनाले विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालयमा प्रधानमन्त्री मोदीलाई रात्रिभोजमा साथ दिनेछन् । भारतका प्रधानमन्त्री बिहीबार पेरिस आइपुग्ने कार्यक्रम छ । यो उनको पाँचौैँ फ्रान्स भ्रमण हुनेछ ।

यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारहरूलाई भेट्नु अघि दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् भने परम्परागत बास्टिल डे सैन्य परेडमा पनि उनि सामेल हुनेछन् । भारतीय वायु सेनाको ठूलो टोली पनि परेडमा सहभागी हुनेछ । राष्ट्रपति म्याक्रोँ र प्रधानमन्त्री मोदीबीच पारस्परिक चासोका विविध विषयमा विचारविमर्श हुनेछ भने प्रधानमन्त्री मोदी फ्रान्सेली व्यापारिक समुदायको बैठकमा पनि सहभागी हुनेछन् ।

फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ । द्विपक्षीय रणनीतिक साझेदारीको रजत महोत्सवका सन्दर्भमा दुई देशबीच रक्षा र ऊर्जासहित धेरै क्षेत्रमा व्यापार सम्झौता वार्ता हुने बताइएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved