वीरेन्द्र जैसीले जुश पिएर तोडे अनशन

नेपालभ्युज

वीरेन्द्र जैसीले जुश पिएर तोडे अनशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वीरेन्द्र जैशीको अनशन तोडाएका छन् ।

नेपाल प्रहरी अस्पताल पुगेर गृहमन्त्री श्रेष्ठले तीन हप्तादेखि अनशनरत वीरेन्द्र जैसीलाई जुश पिलाएर अनशन तोडाएका हुन् ।

प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिको माग गर्दै माइतीघरमा अनशन बसेका उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने गृहमन्त्री श्रेष्ठले आश्वशन दिएपछि  जैसीले अनसन तोडेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved