कांग्रेस प्रवक्ताको कथन: प्रधानमन्त्रीले गल्ती बोले, एमालेले झन् गल्ती गर्‍यो

नेपालभ्युज

कांग्रेस प्रवक्ताको कथन: प्रधानमन्त्रीले गल्ती बोले, एमालेले झन् गल्ती गर्‍यो
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेको गतिविधि दुवैलाई गलत भनेका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालको सरदार प्रीतम सिंहसँग सम्बन्धित अभिव्यक्ति गलत भएको बताएका हुन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण भए पनि प्रतिपक्षी एमालेले सदन अवरुद्ध गरेर झन् गल्ती गरेको बताए ।

‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदहरुको र नागरिकको पनि आत्मसम्मानलाई असर पर्नेगरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन । प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो’, उनले भने, ‘सार्वजनिक रुपमा प्रतिपक्ष दलले किन हामी सत्तारुढ पार्टीकै कयौँ सांसदले पनि प्रधानमन्त्रीबाट गल्ती भएको हामीले भनेकै हौँ । बोल्न हेक्का पु¥याउने कुरा जसरी प्रधानमन्त्रीबाट भएन । त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच–पाँच महिनामा प्रधानमन्त्री बदल्ने गरी राजीनामा माग्ने काम पनि नेकपा(एमाले)बाट बेठिक भएको हो ।’

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्षी दल एमाले सत्तामा जान नपाएर छट्पटाएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved