सृष्टि महर्जनले जितिन् दुबईमा भएको ‘मिस स्टार युनिभर्स’ को उपाधि

नेपालभ्युज

सृष्टि महर्जनले जितिन् दुबईमा भएको ‘मिस स्टार युनिभर्स’ को उपाधि

काठमाडौं। दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शीर्ष उपाधि नेपालकी सृष्टि महर्जनले जितेकी छिन् । उनले १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

२२ वर्षीया महर्जनले प्रतियोगितामा शीर्षसहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सबटाइटलसमेत हात परेकी छन् । ‘मिस स्टार युनिभर्स २०२३’ शीर्ष विजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन आफू सफल भएको महर्जनले बताइन् ।

‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताजसहित पठाएको थियो । कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ को तर्फबाट नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगितामा ‘मिस ब्युटिफुल बडी’को उपाधि हात पारिन् ।

कार्यक्रममा अवार्ड तर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो विधामा अवार्ड हात पारे । होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु .अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतालाई ताज लगाइदिएका थिए ।

प्रतियोगिताको निर्णायकमा अनिला श्रेष्ठ (मिसेस युनिभर्स नेपाल २०१९), सुधा एक (वनर सुधा भेन्चर्स), इशा पफरहा कुरैशी, हनिफ शेख, अरविन्द लिम्बावली लगायत रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved