संसद खुलाउन सत्तागठबन्धनले एमालेसँग छलफल गर्ने

नेपालभ्युज

संसद खुलाउन सत्तागठबन्धनले एमालेसँग छलफल गर्ने

काठमाडौं । सत्तागठबन्धनले अवरुद्ध संसद खुलाउनेबारे प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।

गठबन्धनले आइतबार नै एमालेसँग छलफल गर्ने तयारी पनि गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’को अभिव्यक्तिविरुद्ध प्रतिपक्षी दल एमालेलगायतले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ ।

प्रचण्डले केही दिनअघि भारतीय व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved