यसरी हेर्नुहोस्, एसईईको नतिजा

गत चैतमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो।

नेपालभ्युज

यसरी हेर्नुहोस्, एसईईको नतिजा

काठमाडौं । गत चैतमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो।

एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र थिए ।

परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत हाे ।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना छन् ।

एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। जसमा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र थिए ।

नयाँ प्रणालीअनुसार  सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।

यसैगरी निम्न वेभसाइटमा गएर पनि नतिजा हेर्न सकिन्छ–

www.see.gov.np

www.neb.gov.np

www.see.ntc.net.np

https://see.nicasiabank.com

www.see.edusanjal.com

www.ekantipur.com

www.theconnectplus.com

https://khalti.com/app

www.neemaacademy.com

https://mypay.com.np

www.nepleeducationpoetal.com

www.ayoresult.com

www.results.matraeducation.com

www.tuteeline.com


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved