गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

सुर्खेत। सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलास्थितमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको हो ।

दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युत्को पोल सर्पोटको लागि छेउमा गाडिएको तार(स्टे) मा छुइँदा करेन्ट लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

‘१८, २० जना सवार रहेकोमा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेको छन ।’ उनले भने,‘घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved