प्रतिनिधिसभा बैठकको समय परिवर्तन, शुक्रबार ३ बजे बस्ने

नेपालभ्युज

प्रतिनिधिसभा बैठकको समय परिवर्तन, शुक्रबार ३ बजे बस्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगन भएको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारतको नयाँदिल्ली गएको सन्दर्भ उल्लेख गरेकामा विपक्षीले बैठकमा आपत्ति जनाएका थिए ।

तत्पश्चात् आज आधा घन्टाका लागि स्थगन भएको बैठक साँझ ७ बजे सूचना टाँसेर यही असार २२ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण संघीय संसद सचिवालयले जनाएको छ ।

 हेर्नुहोस् सूचना 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved