रकगायक रविन तामाङको ६० वर्षको उमेरमा निधन

नेपालभ्युज

रकगायक रविन तामाङको ६० वर्षको उमेरमा निधन

काठमाडौं । रकगायक तथा सिने कलाकार रविन तामाङको ६० वर्षको उमेरमा निधन भएको छ ।

बुढानीलकण्ठस्थित घरमा मंगलबार बेलुका उनको निधन भएको हो । अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

स्ट्रोकका कारण उनको निधन भएको बताइएको छ । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट रविन सिने क्षेत्रमा समेत व्यस्त थिए ।
उनले छड्के, मुखौटा लगायतका १ दर्जन चलचित्रमा अभियनय गरेका छन् ।

सिंगापुरमा जन्मेर सन् १९९६ मा नेपाल आएका उनले ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’ जस्ता चर्चित गीत गाएका थिए ।

रविनको वाल्यकाल हङकङ, सिङ्गापुर र ब्रुनाईमा बितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved