प्रितम सिंहबारे प्रचण्डको अभिव्यक्ति आत्मसमर्पणवादको उदाहरण हो : कमल थापा

नेपालभ्युज

प्रितम सिंहबारे प्रचण्डको अभिव्यक्ति आत्मसमर्पणवादको उदाहरण हो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले प्रतिम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरैचोटी दिल्ली गएको भन्ने अभिव्यक्तिको आलोचना गरेका छन्। मंगलबार अध्यक्ष थापाले सामाजिक संजाल  ट्विटर मार्फत यस्तो बताएका हुन् ।

 ‘प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ। तर, दु:खको कुरा के हो भने,यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो, थापाले भनेका छन्, आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो।’

प्रधानमन्त्री दाहालले सोमबार एक पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरैचोटी दिल्ली गएको बताएका थिए ।

“प्रितम सिंहबारे प्रचण्ड : मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो”
प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ।तर,दु:खको कुरा के हो भने,यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो। आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो।

— Kamal Thapa (@KTnepal) July 4, 2023

यो पनि 

https://www.nepalviews.com/2023/07/04/175713/

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved