महिला कर्मचारीमाथि हातपात प्रकरण

अदालतका कर्मचारी र वकिलको बेग्लाबेग्लै आन्दोलन, न्याय सम्पादन प्रभावित

अदालतकी नासु प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेको भन्दै कर्मचारी आन्दोलित छन् । त्यस्तै, लामिछानेलाई झुठो आरोप लगाइएको भन्दै अधिवक्ता पनि आन्दोलनमा उत्रिएका छन् ।

नेपालभ्युज

अदालतका कर्मचारी र वकिलको बेग्लाबेग्लै आन्दोलन, न्याय सम्पादन प्रभावित

काठमाडौं । ललितपुर जिल्ला अदालतकी कर्मचारीलाई अधिवक्ताले हातपातको गरेको विषयको असर बार र बेञ्चसम्म पुगेको छ । अदालतकी नासु प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेको भन्दै कर्मचारी आन्दोलित छन् ।

त्यस्तै, लामिछानेलाई झुठो आरोप लगाइएको भन्दै अधिवक्ताहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारी र अधिवक्ता नै आन्दोलनमा उत्रिएपछि अदालतको न्याय सम्पादनसमेत प्रभावित भएको छ । घटनाको विरोधको विरोधमा ललितपुरको जिल्ला बार एशोसियसन नै सडकमा उत्रिएको छ ।

असार १३ गते तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।

कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुठो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved