नेपाल टेलिभिजनको कार्यक्रममै गन्धर्व समुदायमाथि चोट पुग्ने प्रस्तुति दिएको आरोप

नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ले सिङ्गो गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको आरोप लागेको छ। गन्धर्व सांस्कृतिक कला सङ्गठनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। कलाकार पवन भट्टराईले सारंगीवादक पात्रको रूपमा प्रस्तुति दिएका थिए। प्रस्तुतिमा दिअर्थी लाग्ने शब्द प्रयोग गरिएको छ।

नेपालभ्युज

नेपाल टेलिभिजनको कार्यक्रममै गन्धर्व समुदायमाथि चोट पुग्ने प्रस्तुति दिएको आरोप

काठमाडौं। नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ले सिङ्गो गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको आरोप लागेको छ। गन्धर्व सांस्कृतिक कला सङ्गठनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।

कमेडी क्लब विथ च्याम्पियन्सको ६७ औँ भागमा कलाकार पवन भट्टराईले सारंगीवादक पात्रको रूपमा प्रस्तुति दिएका थिए। प्रस्तुतिमा दिअर्थी लाग्ने शब्द प्रयोग गरिएको छ। कार्यक्रममा गन्धर्व समुदायमाथि सिर्जना गरिएको पात्रप्रति सङ्गठनले आपत्ति जनाएको हो।

सङ्गठनका महासचिव अनिल गन्धर्वले उक्त शोमा पटक पटक गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्‍याउने खालका प्रस्तुति आइरहेको र सचेत गराउँदा पनि अटेर गरेकाले बाध्य भएर सार्वजनिक रूपमा विरोध जनाउनुपरेको बताउँदै विज्ञप्ति जारी गरेका हुन्।

‘‘गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेसा र सारङ्गीको प्रयोग र भाषा अमर्यादित ढङ्गले प्रस्तुत गरिएको हुँदा उक्त दृश्यमाथि हाम्रो आपत्ति छ,’’ जारी विज्ञप्तिमा लेखिएको छ, ‘‘अतः उक्त कार्यक्रममा प्रस्तुत गरिने गन्धर्व पात्र र सारङ्गी प्रयोगको प्रसारणलाई तत्काल रोकी सम्पूर्ण शृङ्खलाबाट सो पात्रको भिडिओ हटाई सार्वजनिक रूपमा माफी माग्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ । त्यसो नगरिएको खण्डमा कानुनी सहायता लिई अघि बढिने कुराको समेत जानकारी गराउँछौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved