काठमाडौं महानगरको बजेट साढे २५ अर्ब, शिक्षा र स्वास्थ्य प्राथमिकतामा (पूर्णपाठसहित)

नेपालभ्युज

काठमाडौं महानगरको बजेट साढे २५ अर्ब, शिक्षा र स्वास्थ्य प्राथमिकतामा (पूर्णपाठसहित)

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट विनियोजन गरेको छ । आइतबार आयोजित महानगरको १३औं नगर सभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

विनियोजित बजेटमध्ये चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार छुट्याइएको छ ।

बजेटमा महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

महानगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट ल्याएको छ । शिक्षा क्षेत्रमा ७ अर्ब ३४ करोड र स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन गरिएको उपमेयर डंगोलले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved