सुर्खेत पुगेर रेशम चौधरीले भने- हिसाब गर्ने हो भने मान्छेले मलाई चार ट्रक मालाले स्वागत गरिसके

सुर्खेत पुगेर रेशम चौधरीले भने- हिसाब गर्ने हो भने मान्छेले मलाई चार ट्रक मालाले स्वागत गरिसके

सुर्खेत। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले हिसाब गर्ने हो भने मान्छेले आफूलाई चार ट्रक मालाले स्वागत गरिसकेको बताएका छन् । सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले  हिसाब गर्ने हो भने मान्छेले आफूलाई चार ट्रक मालाले स्वागत गरिसकेको बताएका छन् । आफूलाई हत्यारा भन्ने गरेको र सुर्खेत आउँदा यत्रो स्वागत होला नसोचेको बताए ।

सुर्खेत आउँदा यत्रो स्वागत होला नसोचेको बता‍उँदै उनले भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला । हिसाब गर्ने हो भने पनि मान्छेले अहिलेसम्म चार ट्रक मालाले स्वागत गरे होलान् ।’

टिकापुर घटनाको प्रश्नको उत्तर दिँदा दिँदा थाकेको बताउँदै चौधरीले पत्रकारलाई सुरुमै नयाँ प्रश्न सोध्न आग्रह गरे । ‘तपाईंहरू बरु नयाँ प्रश्न सोध्नुहोस् ।’ उनले भने,‘टिकापुर घटनाको प्रश्नको उत्तर दिदादिदा थाकिसकेँ ।’

उनले कर्णालीको पीडा राज्यले बुझ्न नसकेको र धेरैले कर्णालीलाई बेच्ने बाटो बनाएको आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved