माधव लक्षित झलनाथको कटाक्षः दुई जना मन्त्री बनाएर पार्टी बन्दैन

नेपालभ्युज

माधव लक्षित झलनाथको कटाक्षः दुई जना मन्त्री बनाएर पार्टी बन्दैन

काठमाडौं ।  पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले पार्टी बनाउनका लागि श्रमीक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताए । उनले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरविरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले जनतालाई दलाल पुँजीवादका विरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए ।

‘हामीले हाम्रा वैचारिक, सैद्धान्तिक दिशाहरुलाई क्लियर कट बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरविरोधको सही पहिचान गरेर  प्रधान शत्रुको सही पहिचान गर्दै हामीले व्यापक जनतालाई दलाल पुँजीवादका विरुद्ध गोलबन्द गराउनुपर्छ’ उनले भने, ‘उनीहरुलाई संघर्षमा उतार्ने काममा हाम्रो पार्टी लाग्नुपर्छ । दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन । दुई जना मन्त्री बनायौँ । कार्यनीतिक रुपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमीक जनतासँग एकतावद्ध गर्ने हो ।’

उनले नेकपा एकीकृत समाजवादीको महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे । उनले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको बताए ।

उनले नेपाली समाजमा संकट नै संकटको श्रृंखला रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरु ल्याउन नसकेको बताए ।

‘हामीले पहिलो महाधिवेशन पनि गरेका छैनौँ नि पार्टीको । पार्टी बनाउँदै लैजाने, त्यसैले अहिले पनि यो निमित्त पार्टी हो । महाधिवेशनमार्फत निर्वाचित पार्टी बनाइसकेका छैनौँ । महाधिवेशनमार्फत जब निर्वाचित संस्था बनाउँछौँ । हाम्रा विचार पनि त्यही अनुसार संस्थागत हुन्छन्’ उनले अगाडी भने,  ‘हामी पार्टी निर्माणको चरणमा छौँ । यो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको एटम बन्नुपर्छ । अहिले एमालेभित्र व्याप्त असन्तुष्टि छ । देशव्यापी रुपमा । त्यो नेतृत्वले नेतृत्व लिन सकिरहेको छैन । त्यस्तै माओवादीभित्र छ ।’

पूर्वप्रधानमन्त्री खनालले सामन्तवादका अवशेषहरु समाजमा व्याप्त रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved