अनियमित महिनावारीलाई नियमित बनाउने घरेलु उपाय

नेपालभ्युज

अनियमित महिनावारीलाई नियमित बनाउने घरेलु उपाय

एजेन्सी । महिलाहरुमा महिनावारी समय समयमा हुनु भनेको स्वस्थ भएको एउटा निसानी पनि हो । तर कतिपय अवस्थामा महिलाहरुमा महिनावारी अनियमित हुने गर्दछ । जसले गर्दा अन्य विभिन्न स्वास्थ्य समस्याहरु पनि आउने गर्दछन् । त्यसैले महिनावारी नियमित हुनु एकदमै जरुरी हुन्छ ।

विभिन्न विषयमा ख्याल गरेर पनि महिनावारी नियमित बनाउन सकिन्छ । जसका लागि तपाईं घरमै केही अभ्यासहरु गर्न सक्नुहुन्छ । आज त्यही विषयमा जान्नेछौं । महिनावारी नियमित बनाउनका लागि घरमै गर्न सकिने उपायहरुका बारेमा जानौं ।
कसरत
कसरत वा व्यायाम गरेर पनि महिनावारी अनियमित हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ । कसरतले शरीर फुर्तिलो बनाउँछ र हर्मोनहरुलाई सन्तुलित बनाउन सहयोग गर्छ । कसरतले शरीरलाई स्वस्थ राख्नुका साथै कैयौं विमारीहरुबाट पनि बचाव गर्दछ ।

हर्बल जडीबुटिहरु

हर्बल तथा आर्युवेदिक जडिबुटीहरुको सहयोगले पनि महिनावारीलाई नियमित गराउन सकिन्छ । ज्वानो, गुड र मेथीको बीजको सहयोगले महिनावारी नियमित गराउन सकिन्छ । यी जडिबुटीको प्रयोगले शरीर पनि स्वस्थ रहन्छ र विमारीहरु लाग्ने खतरा पनि कम हुन्छ ।

एक्कुपञ्चर

एक्कुपञ्चर पनि शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई गर्नाले कैयौं विमारीहरु निको पनि हुने गर्दछन् । एक्कुपञ्चर गर्नाले अनियमित भएको महिनावारीलाई पनि ठिक गर्न सकिन्छ । एक्कुपञ्चरले शरीरमा रक्तसञ्चारलाई राम्रो बनाउँछ र तनाव कम गर्न सहयोग गर्छ । जसले गर्दा महिनावारी पनि नियमित हुन थाल्छ ।

स्वस्थ आहार

अनियमित महिनावारीलाई ठिक गर्नका लागि सही खानपान गर्नु पनि अत्यावश्यक छ । कैयौं पटक फास्टफूड खानाले पनि महिनावारी अनियमित हुन्छ र कैयौं प्रकारका विमारीहरु हुने खतरा बढ्छ । यस्तोमा शरीरलाई स्वस्थ राख्नका लागि स्वस्थ खानपानलाई छान्नुहोस् ।

तौलमा ध्यान दिने

तौल बढ्दै गएपछि पनि महिनावारी अनियमित हुने समस्या हुन्छ । त्यसैले शरीरलाई सम्पूर्ण रुपमा स्वस्थ राख्नका लागि तौल पनि सन्तुलित बनाइराख्नु पर्छ । तौल बढ्दै गएपछि शरीरमा अन्य समस्या देखिन थाल्छन् साथमा महिनावारी पनि अनियमित हुन थाल्छ । त्यसैले यसरी घरमै केही कुराहरुको ख्याल राखेर पनि तपाईं महिनावारी नियमित बनाउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved