पूर्व र मध्य क्षेत्रमा भारी वर्षा नरोकिने, पश्चिम तराईमा पनि पानी पर्ने  सम्भावना

नेपालभ्युज

पूर्व र मध्य क्षेत्रमा भारी वर्षा नरोकिने, पश्चिम तराईमा पनि पानी पर्ने  सम्भावना
फाइल तश्वीर

काठमाडौं। पूर्वी र मध्य नेपालमा आज पनि भारी वर्षा हुने भएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, भोजपुर, इलाम लगायतका जिल्लामा ठूलो पानी पर्नेछ ।

यस्तै बाग्मती प्रदेशका सिन्धुली, नुवाकोट र बाग्मती तथा गण्डकी प्रदेशका लमजुङ्, कास्की र तनहुँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताप्लेजुङ, पाँचथर र सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

यस्तै लामो समयसम्म खडेरी र तातोहावाले जनजीवन प्रभावित भएकव पश्चिम तराईका जिल्लामा पनि हल्का पानि पर्ने अनुमान गरिएको छ । अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले पश्चिमी क्षेत्रमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved