गर्भावस्थामा कुन-कुन कसरत गर्नु हुँदैन ?

नेपालभ्युज

गर्भावस्थामा कुन-कुन कसरत गर्नु हुँदैन ?

एजेन्सी। गर्भावस्थामा कसरत गर्नु फाइदाजनक हुन्छ । तर, यस्तो स्थितिमा केही कसरत गर्न भने मनाही गरिएको हुन्छ । आउनुहोस् गर्भावस्थामा कुन-कुन कसरत गर्नु हुँदैन ?

हेवी वेट लिफ्टिंग

गर्भावस्थाका बेला हेवी वेट लिफ्टिंग यानिकी तौल उचाल्ने खालका कसरत गर्नु हुँदैन । यस्तो स्थितिमा धेरै तौल उठाउँदा गर्भपतनको खतरा हुने सम्भावना हुन्छ । त्यसैले यस्ता खालका कसरतबाट बच्नुपर्छ ।

भर्‍याङ चढ्नु

गर्भावस्थामा भर्‍याङ चढ्ने बानी पनि स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । यस्तो स्थितिमा धेरै स्वास फुल्ने, थकाइ लाग्ने, भर्‍याङबाट लड्ने सम्भावना अत्यधिक हुन्छ जसले गर्दा गर्भवती तथा बच्चा दुवैका लागि खतरा हुन्छ ।

पौडिनु

पौडिनु पनि स्वास्थ्यका लागि एकदमै राम्रो कसरत हो तर गर्भावस्थाका बेला पौडिनुबाट भने बच्नुपर्ने हुन्छ । किनकि, पौडिने क्रममा फोहोर पानी मुखमा जान सक्छ जो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

प्ल्यांक तथा पुसअप गर्नु

प्ल्यांक तथा पुसअप जस्ता कसरत पनि गर्भावस्थाको बेला सुरक्षित मानिँदैन । यस्ता कसरतहरू गर्नु अघि चिकित्सकको सल्लाह अवस्य लिनुहोस् । स्वास्थ्य तथा गर्भावस्थाको प्रकृतिलाई हेरेर नै कुनै पनि कसरत गर्नु फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved