रंगमञ्चमा अभिनेत्री शिल्पा

नेपालभ्युज

रंगमञ्चमा अभिनेत्री शिल्पा

काठमाडौं । उपन्यासकार कुमार नगरकोटीले लेखेको नाटक ‘ट्रान्जिट’ मार्फत अभिनेत्री शिल्पा मास्के रङ्गमञ्चमा देखिएकी छन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटकको मञ्चन साउन १ देखि भदौ १ गतेसम्म हुने जनाइएको छ ।

एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्रलाई तीनजना अभिनेत्रीले चित्रण गर्दैछन् । जसमध्ये एक पात्रको भूमिकामा अभिनेत्री मास्केले गर्दै छन् । यो उनको पहिलो नाटक हो ।

नाटकको अभ्यासमा व्यस्त अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताईन् । ‘नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । विशुद्ध अभिनय सिकिरहेकी छु’, उनले भनिन, ‘दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्ने कुराले म उत्साहित छु । यो मेरो पहिलो अनुभव हुनेछ ।’ नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सोन राई र घिमिरे युवराज लगायतका कलाकारको अभिनय रहनेछ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved