विवादास्पद ‘आदिपुरूष’बारे दीपकराजको टिप्पणी- सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि?

उनले लेखेका छन्, ‘‘समस्या आदिपुरुषले निकालेको हो। त्यसैले आदिपुरुष मात्रै बन्द गरौँ। उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उताबाट त धेरै कुरा आउँछ।’’

नेपालभ्युज

विवादास्पद ‘आदिपुरूष’बारे दीपकराजको टिप्पणी- सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि?

काठमाडौं। विवादास्पद भारतीय फिल्म ‘आदिपुरूष’ बारे कलाकार दीपकराज गिरीले टिप्पणी गरेका छन्। उनले ‘आदिपुरूष’को गल्तीमा अरू सबै भारतीय फिल्म बन्द गर्दा गलत अर्थ लाग्न सक्ने टिप्पणी गरेका हुन्।

उक्त विवादास्पद फिल्म मात्रै बन्द गर्न सुझाव दिएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले महानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ भोलिदेखि चल्न नदिने निर्देशन दिएलगत्तै कलाकार गिरीले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, ‘‘समस्या आदिपुरुषले निकालेको हो। त्यसैले आदिपुरुष मात्रै बन्द गरौँ। उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उताबाट त धेरै कुरा आउँछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved