‘आदिपुरुष’का लेखकको विवादित अभिव्यक्ति-पहिले नेपाल पनि भारतकै हिस्सा थियो

फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गर्दै भारतीय अदालतमा रिट दायर

भारतीय टेलिभिजन आजतकलाई अन्तरवार्ता दिँदै उनले १ सय २० वर्षअघि नेपाल पनि भारतकै अंश रहेको मिथ्या दाबी गरेका छन्। अन्तर्वार्ता दिँदै उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भन्न भ्याए।

नेपालभ्युज

‘आदिपुरुष’का लेखकको विवादित अभिव्यक्ति-पहिले नेपाल पनि भारतकै हिस्सा थियो

काठमाडौं। भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर फेरि विवादित अभिव्यक्ति दिएका छन्।

भारतीय टेलिभिजन आजतकलाई अन्तरवार्ता दिँदै उनले १ सय २० वर्षअघि नेपाल पनि भारतकै अंश रहेको मिथ्या दाबी गरेका छन्। अन्तर्वार्ता दिँदै उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भन्न भ्याए।

उनले यो कुरा नेपालीले बुझ्न नसकेको उनले उल्टै आरोप लगाए। ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित डायलगलाई लिएर नेपालमा व्यापक विरोध भइरहँदा लेखक मुन्तशिरले झनै विवादित अभिव्यक्ति दिएका हुन्। नेपाल र भारत आज पनि अलग नरहेको तर्क छ।

उनले आफ्नो फिल्मको बचाउ गर्दै भनेका छन्, ‘‘नेपाली त हाम्रा भाइ नै हुन्। यो कुरा गर्दा जानकी भारतकी बेटी नै थिइन्। राष्ट्रको रूपमा नेपाल र भारत आज पनि अलग छैनन्। देशको रूपमा अलग भए पनि, सीमाहरू अलग भए पनि राष्ट्रियताको रूपमा यी दुई एउटै हुन् किनभने भारतीय राष्ट्रियताको आवाज नेपालसम्म सुनिन्छ।’’

यसअघि ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएको थियो। ‘आदिपुरुष’को काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो। शुक्रबार दिउँसोबाट सो फिल्म नेपालमा चलिरहेको छ।

आदिपुरुष नेपालमा मात्र नभई भारतमा समेत विवादित भएको छ। फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरिएको छ। प्रभास र कृति सेनन स्टारर यो फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा समेत निवेदन परेको हो। हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले रिट दायर गरेका हुन्। उनले फिल्मका धेरै दृश्य, संवाद र पात्र हटाउन माग गरेका छन्।

गुप्ताले निवेदनमा भनेका छन्, ‘फिल्ममा हाम्रा आराध्य देवताहरूलाई गलत रूपमा चित्रण गरिएको छ, जुन आपत्तिजनक छ । त्यसैले यस्तो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved