‘आदिपुरुष’को कमाइमा रेकर्ड ब्रेक, पहिलो दिनमै कमायो १४० करोड भारु

नेपालभ्युज

‘आदिपुरुष’को कमाइमा रेकर्ड ब्रेक, पहिलो दिनमै कमायो १४० करोड भारु

मुम्बई । चलचित्र ‘आदिपुरुष’ ले पहिलो दिन विश्वभर १४० करोड भारतीय रुपैयाँ कमाएर रेकर्ड ब्रेक गरेको छ । चलचित्र निर्माताले शनिबार सो जानकारी दिएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माण कम्पनी टी-सिरिजले आदिपुरुष हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको बताइएको छ।

यस फिल्ममा प्रभास रामको भूमिकामा, कृति सेननले जानकीको र सैफ अली खान रावणको भूमिकामा छन् । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।

हिन्दी फिल्म ‘आदिपुरुष’ का कैयौँ संवादलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ भने सीताको चरित्रसँग जोडिएको एक संवादले नेपालमा विवाद सिर्जना भएको छ ।

यस फिल्ममा सीतालाई ‘भारतकी छोरी’ भनिएको छ । नेपालको राजधानी काठमाडौंका मेयरले यो संवादमा आपत्ति जनाएका छन् ।

फिल्म भारु ५ सय करोड रुपैयाँ लगानीमा बनेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved