पशुपति शर्माको गीत- घण्टीमा भोट हाल्नीले घण्ट उचाल, रूखमा भोट हाल्नेले भाटा उचाल

गायक पशुपति शर्माले सर्वसाधारणलाई जगाउन नयाँ गीत सार्वजनिक गरेका छन्। ‘तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत पशुपतिले मंगलबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

नेपालभ्युज

पशुपति शर्माको गीत- घण्टीमा भोट हाल्नीले घण्ट उचाल, रूखमा भोट हाल्नेले भाटा उचाल

काठमाडौं। गायक पशुपति शर्माले सर्वसाधारणलाई जगाउन नयाँ गीत सार्वजनिक गरेका छन्। ‘तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत पशुपतिले मंगलबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

नेतालाई व्यङ्ग्य गरेको गीतले जनतालाई सचेत हुन आग्रह गरेको छ। नेता बिग्रिए देश बिग्रिन्छ त्यसैले जनता सचेत हुनुपर्छ भन्ने उनको गीतको केन्द्रीय भाव हो।

भोट माग्दा चुरीफुरी गर्ने नेताका समाचार पढ्दा लाज लाग्ने गरेको भन्दै गीतले देश चलाउने चाबी कहाँ छ भन्दै जनतालाई भनिदिन नेतासँग आग्रह गरेको छ।

गीतमा पशुपति शर्माको शब्द, संगीत तथा स्वर रहेको रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलको छ ।

केही वर्ष अगाडि पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा…’ बोलको गीतले राजनीतिक व्यङ्ग्य गरेको थियो। सदनमै उक्त गीतको विषयलाई लिएर बहस भएपछि उनले गीत नै आफ्नो युट्युब च्यानलबाट हटाएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved