लिटिल मिस एन्जेलको चौथौँ संस्करण सम्पन्न, किन्जल नेपाल ताज चुम्न सफल

नेपालभ्युज

लिटिल मिस एन्जेलको चौथौँ संस्करण सम्पन्न, किन्जल नेपाल ताज चुम्न सफल

काठमाडौं। कलश इभेन्टसद्वारा आयोजित कार्यक्रम लिटिल मिस एन्जेलको चौथौँ संस्करण  राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ।
विगत १ महिना अघिदेखि प्रशिक्षणमा व्यस्त रहेका साना नानीहरूले आज निर्धक्क भएर दर्शक सामु आफूलाई प्रस्तुत गरे।

आई आई एफ टी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइन मा अध्ययनरत फेसन डिजाइनका विद्यार्थीहरूले तयार परेका पोसाकमा सजिएर प्रतिस्पर्धामा उत्रेका  ३५ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजडम स्कुलमा मा अध्ययनरत किन्जल नेपालले चौथौँ संस्करणको लिटिल मिस एन्जेलको ताज चुम्न सफल भएका छन्।

यसैगरी एलिक्शर स्कुलमा अध्ययनरत सम्पदा महतो तथा यूलेन्स स्कूलका आध्यक्ष ढकाल क्रमशः प्रथम उपविजेता तथा द्वितीय उपबिजेताको ताज चुम्न सफल भए।

लिटिल मिस एन्जेलका विजेताले क्रमशः रु. २५०००, १५,००० तथा रु. १०,००० नगद, ताज तथा विभिन्न उपहारहरू समेत प्राप्त गरेका छन्। विजेताबाहेक सम्पूर्ण उपविजेताले समेत ताज  पाएका छन्।

सांस्कृतिक संस्थानका महानिर्देशक अशोक प्यासी राईको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिताका निर्णायक मण्डलमा, यूरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, प्याबसन काठमाण्डौका कार्यकारी सदस्य मोहना खनाल ,न्यू जेनिथ स्कुलका प्रिन्सिपल राजु महर्जन,अभिनेत्री नम्रता सापकोटा तथा आईआई एफटीका कार्यकारी निर्देशक बिपना थापा रहेका थिए।

वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष सञ्जय महर्जनले कार्यक्रमले प्रतियोगीहरू बीचआफूभित्र लुकेका प्रतिभालाई प्रस्तुत गर्ने सुनौलो अवसर मिलेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved